आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बुधबार, ०६ पुस २०७९, १६ : ५३
बुधबार, ०६ पुस २०७९

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल बुधबार बिहान पौने २ बजे दुर्घटनामा परेको थियो ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप