कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
आइतबार, २८ असार २०८३, २० : १६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
आइतबार राष्ट्रपति पाैडेलले सामाजिक सञ्जाल एक्समार्फत थानीको ७४ वर्षको उमेरमा निधन भएको खबरले आफू अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्।
राष्ट्रपतिले दिवंगत थानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस अपूरणीय क्षति सहन सक्ने शक्ति ईश्वरले परिवार र सम्पूर्ण कतारी जनतालाई प्रदान गरून् भन्ने कामना समेत गरेका छन् ।
शेख खलिफा बिन हमद अल थानीले सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सम्हालेका थिए। उनको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण