आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति गठन

आइतबार, २८ असार २०८३, २० : २८
आइतबार, २८ असार २०८३

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमिति गठन गरी संयोजक चयन गरेको छ ।
  • प्रतिष्ठानको पाँचौँ बैठकले अपाङ्गता, आदिवासी जनजाति, दुर्व्यसन नियन्त्रण, पूर्व आप्रवासी, सञ्चार तथा कृषि उद्यमजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
  • प्रकाश पन्थ, रेशम गुरुङ, डा. डी.बी. सुनार, विज्ञान प्रसाईं, मोहन गजुरेल र सिताराम काफ्ले विभिन्न उपसमितिका संयोजक चयन भएका छन् ।

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमिति गठन गरी संयाेजक चयन गरिएकाे छ ।

नेपाली कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते सम्पन्न प्रतिष्ठानको पाँचौँ बैठकले प्रमुखको प्रस्तावअनुसार विभिन्न उपसमितिका संयोजक चयन गर्ने निर्णय गरेको हो। 

निर्णयअनुसार अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डी.बी. सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्ले चयन भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप