पूर्व पतिसँगको तस्बिर पोस्ट गर्दै गायिका ‘जेरी’ले भनिन्, ‘तितै भएपनि अतीत र सत्य नकार्न सकिँदो रहेनछ’

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिएको केही समय मात्रै भयो । करिब ५ वर्षको प्रेमपछि विवाह गरेका उनीहरूले काठमाडौं जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याएका थिए ।
विवाह गरेको १४ दिनपछि नै आफूमाथि शारीरिक तथा मानसिक यातना सुरु भएको बताएकी जेरीले श्रीमान्सँग सम्बन्ध टुङ्ग्याउनुको कारण श्रीमान्को बाहिर केटी, शारीरिक तथा मानसिक हिंसा लगायत बताउँदै आएकी छन् ।
तर अहिले भने जेरीले पूर्व श्रीमान् शंकरसँगको एक तस्बिरसहित सामाजिक संजालमा भावुक स्टाटस पोष्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘तितै भएनि अतीत र सत्य नकार्न सकिँदो रहेनछ, तस्विर पुरानै ।’ उनको यो पोष्टमा थुप्रैले प्रतिक्रिया जनाएका छन् ।
लोकदोहोरी गायनका सिलसिलामा भेटेका शंकर र जेरीको गायनकै सिलसिलमा प्रेम बसेको थियो । प्रेमपछि विवाह गरेका उनीहरुको मायाको चिनो एक छोरी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता