बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई हैरान

बिहीबार, ०७ पुस २०७९, ०८ : २३
बिहीबार, ०७ पुस २०७९

ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागेको छ । एक वर्षदेखि सम्पर्कविहीन रहेको ठेकदार अहिले सम्पर्कमा आएपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः सुरु हुने स्थानीयमा आशा पलाएको हो । 

२०७७ सालमा सुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउँदै सम्पर्कविहीन भएपछि निर्माण कार्य ठप्प बनेको थियो । सडक निर्माण कार्य ठप्प भएदेखि त्यहाँका स्थानीयहरुले घाममा धुलोको हैरानी र वर्षामा हिलोको परेशानी खेप्दै आएका थिए । सडकमा बनाइएको ढलमा स्लाप नराख्दा ढलमा बच्चाहरु खस्ने, सडको गिट्टी उछिट्टिएर लाग्ने, धुलोले दिउँसै बाटो अध्यारो बन्ने जस्ता समस्या रही आएको स्थानीय युवराज मौर्यले बताए । 

धुलोले हैरान स्थानीयले त्यहाँका जनप्रतिनिधिहरुको ध्याकर्षण गराएपछि सो क्षेत्रका संघीय सांसद विनोद चौधरी, प्रदेश सांसद देवकरण कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव समेतले सम्बन्धित निकाय मार्फत ठेकदारलाई सम्पर्कमा ल्याएर काम गराउन थालिएको प्रदेशसभा सदस्य देवकरण करलवारले जानकारी दिए । उनले भने, यो ठेकदार काम छोडेर भाग्यो, अहिले सम्पर्कमा ल्याएर काम गराउन थालिएको छ । सम्भवतः यही वर्ष उक्त सडक पिच गराएर योजना सम्पन्न हुन्छ । 

मुल हुलाकी सडकसँग जोडिएको उक्त सब हुलाकी सडक बेलाटारीदेखि कठहवाँसम्म कुल ९ किलामिटर दुरी रहेको छ । उक्त सडक निर्माणका लागि कन्टेक प्रालि ठेकदार कम्पनीले करिब २७ करोडमा ठेक्का लिएको छ ।

सडकमा नाला भएको ठाउँमा १२ मिटर र नभएको ठाउँमा ७.५ मिटर चौडा पिच हुने स्टिमेटमा छ । सडकमा कुल ८ वटा कल्भर्ट छन भने ३ किलोमिटर नाला बनाउनु पर्ने रहेको छ । नाला गाउँ वस्तीमा मात्र बनाइने छ । ठेक्का म्याद सकिन लाग्दा पनि जम्मा ५० प्रतिशत काम भएको ठेकदार पक्षको साइट इन्जिनियर कैलाश अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप