मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको बैठकअघि देउवा आन्तरिक छलफलमा

आइतबार, १० पुस २०७९, १० : ०८
आइतबार, १० पुस २०७९

सत्ता गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल चलिरेको छ ।  गठबन्धनभित्रको पावर सेयरिङका सन्दर्भका साझा धारणा बनाउन प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउव पार्टीका शीर्ष नेतासँग छलफलमा जुटेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सीममा आजै सकिने भए पनि गठबन्धनमा प्रधानमन्त्रीबारे सहमति जुटिसकेको छैन । कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो बनेको छ । 

बिहीबारदेखि जारी गठबन्धनको बैठकमा देउवा र प्रचण्डको अडान कायमै छ । आज साँझ पाँच बजे सरकार गठनका दाबी पेस गर्ने गठबन्धनको तयारी छ । यसका लागि बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप