गठबन्धनको बैठकअघि देउवा आन्तरिक छलफलमा
आइतबार, १० पुस २०७९, १० : ०८
सत्ता गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल चलिरेको छ । गठबन्धनभित्रको पावर सेयरिङका सन्दर्भका साझा धारणा बनाउन प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउव पार्टीका शीर्ष नेतासँग छलफलमा जुटेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सीममा आजै सकिने भए पनि गठबन्धनमा प्रधानमन्त्रीबारे सहमति जुटिसकेको छैन । कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो बनेको छ ।
बिहीबारदेखि जारी गठबन्धनको बैठकमा देउवा र प्रचण्डको अडान कायमै छ । आज साँझ पाँच बजे सरकार गठनका दाबी पेस गर्ने गठबन्धनको तयारी छ । यसका लागि बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण