शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई भेटेरै बधाई दिँदै बाबुरामले भने -'देशलाई समृद्ध बनाउन सहकार्य गरौँ'

सोमबार, ११ पुस २०७९, ०८ : ३९
सोमबार, ११ पुस २०७९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले बधाई दिँदै सहकार्यको प्रस्ताव अघि सारेका छन् । 

आज बिहान खुमलटार पुगेर डा भट्टराईले तेस्रो कार्यकाल सफलताको कामना व्यक्त गरे । पत्नी हिसिला यमीसहित खुमलटार पुगेका भट्टराईले अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास पनि व्यक्त गरे । 

प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन्  -'क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना ! क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ !'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप