बुटवलका डिएसपी ठगबहादुर केसीमाथि छानबिन
सोमबार, ११ पुस २०७९, १० : ३०
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । ‘घुस’ बार्गेनिङ गरेको सुराक आएपछि आईजीपी धिरज प्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी नेतृत्वको टिमलाई बुटवल पठाएका छन् ।
आइतबार साँझ ब्युरोको टोलीले उनलाई आन्तरिक नियन्त्रणमा राखेर सोधपुछ गरेको थियो । छानबिनका लागि डिएसपी नेतृत्वको टोली बुटवल पठाएको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ, त्यसबारे छानबिन भइरहेको छ ।’
पुस ४ मा केसीलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा काज सरुवा गरेको थियो । काज भए पनि उनले रवाना लिएका थिएनन् । उनीबिरुद्ध प्रहरी प्रधान कार्यालयमा ‘घुस’ बार्गेनिङ गरेको उजुरी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण