हामी फस्दै गयौँ : सिके राउत
जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ पार्टीहरू फस्दै गएको टिप्पणी गरेका छन् ।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले सो कुरा बताएका हुन् । राउतले नयाँ सरकारमा जाने निर्णय गरेलगत्तै यस्तो अभिव्यक्ति दिएका हुन् । ‘जनताले हामीबाट ठुलो आशा गरेका हुन्छन् । खासगरी नयाँ पार्टीहरुमा त्यो आशा बढी नै हुन्छ । तर, जुन तरिकाले हामी फस्दै गरेको आभास भैरहेको स्थिति छ त्योप्रति मेरो वितृष्ण जागेको हो । मैले त्यो अभिव्यक्त पनि गरेको हो’, राउतको भनाइ छ । उनले थप भने, ‘आशा छ हामी यसबाबट कसरी बच्न सक्छौ र जनताको आशालाई कसरी कायम राख्ने भन्नेतिर हाम्रो ध्यान रहनेनैछ ।’ उनले आफुले सकेसम्म जनताको आशाप्रति खरो निर्णयको पक्षमा उभिने निर्णय लिएको पनि बताए ।
अध्यक्ष राउतले आफू मन्त्री बन्ने नबन्ने निश्चित नभए पनि पार्टी सरकारमा जाने बताए । उनले प्रदेशमा मुख्यमन्त्रीको दावी रहने भन्दै सल्लाह भइरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण