शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सचिनको स्वास्थ्यमा सुधार, आईसीयूबाट जनरल वार्डमा सारियो

सोमबार, ११ पुस २०७९, १३ : ५१
सोमबार, ११ पुस २०७९

अस्पताल भर्ना गरिएका बाल गायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ । उनीसँग निकट कमल सरगमले सचिनको स्वास्थ्यमा सुधार आएर आईसीयूबाट जनरल वार्डमा सारिएको जानकारी दिए ।
स्वस्थ्यमा गम्भिर समस्या देखिएपछि केही दिनअघि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो । सचिन पछिल्लो समय काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका थिए ।

भाइरल बाल कलाकारको रुपमा समेत परिचित सचिनले केही लोकदोहोरी गीत समेत गाएका छन् । भिडियो एवं टेलिसिरियलमा समेत अभिनय गरेका उनले अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियो खेलेका छन् ।  उनी एकताका मेलामहोत्सवमा समेत खोजिन्थे । उनका भिडियोले पनि युट्युबमा लाखौं भिउज पाउँदै आएका छन् । पछिल्लो दुई वर्षयता उनी गायनमा सक्रिय थिएनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप