शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१००औं भाग सेलिब्रेसन गर्न सोलुखुम्बुमा ‘सक्किगो नि’

सोमबार, ११ पुस २०७९, १५ : १९
सोमबार, ११ पुस २०७९

हास्य श्रृंखला ‘सक्किगो नि’ ले १०० औं भाग पुगेको खुसी सेलिब्रेसन गरेको छ । निर्माण युनिटले सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ स्थित रमणीय स्थल पतालेमा पुगेर १०० भागको सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो । 

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य १०० औं भागको कार्यक्रममा सोलुखुम्बु ल्याएको कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले बताए । उनले अन्तपनि पर्यटन प्रवर्धद्धका लागि कुनै न कुनै कार्यक्रम गर्ने बताए । ७० जनाको टोलीसहित सोलुखुम्बु पुगेर पुरस्कृत र सम्मान कार्यक्रम गरेको युनिटले मंगलबार त्यही स्थानमा पिकनिक समेत राखेको छ ।

कार्यक्रम र पिकनिकका लागि भदै निर्माण युनिटले कलाकार, पत्रकार र अन्य सहकर्मी गरेर ७० जना टोली लिएर काठमाडौंबाट आइतबार त्यहाँ पुगेको हो । १०० भाग पूरा भएपछि श्रृंखला अब नयाँ कथावस्तुसहित अगाडि बढ्ने कार्यक्रममा बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप