बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा युवा बेरोजगार दर बढेको बढ्यै

मङ्गलबार, १२ पुस २०७९, ०७ : ४७
मङ्गलबार, १२ पुस २०७९

हाल चीनमा १६ देखि २४ वर्ष  उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा  बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । 

सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो ।आधिकारिक तथ्याङ्क अनुसार चीनको सहरी युवा जनसङ्ख्या १ करोड ७० लाख छ । तथ्याङ्कमा ग्रामीण बेरोजगारी समावेश छैन । 

द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ, । युवा बेरोजगारी दर मार्चमा १५.३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ। अर्को केही महिनासम्म निरन्तर बढ्दै जुलाईमा १९.९ प्रतिशतमा पुगेको थियो । अगस्टमा यो दर थोरै घटेर १८.७ प्रतिशतमा झरेको थियो । तर , बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ ।

कोभिडका कारण सृजित बेरोजगारीका कारण हरेक पाँचमध्ये एक जना सक्षम चिनियाँ कामबाट वञ्चित छन् ।  चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निकाल्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ । 

एनडीटीभी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप