देउवाले बिहीबार बालुवाटार छाड्ने, धुम्बाराहीको नयाँ घरमा सर्ने तयारी

निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बिहीबार बालुवाटार छाड्ने रातोपाटीलाई बताए । उनले भने, ‘पर्सी बालुवाटार छाड्छौं । धुम्बाराहीमा नयाँ घर भेटिएको छ । आज र भोलि घरमा डेकोरेशन हुन्छ ।’
आकस्मिक रुपमा गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ । आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको छ ।
देउवाले बालुवाटार नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै रहेका छन् । बूढानीलकण्ठमा रहेको निजी निवासको मर्मत कार्य भइरहेकोले बालुवाटार छाड्न ढिलो भएको भानु देउवाले बताए ।
उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने भएपछि देउवाले धुम्वाराहीमा भाडाको घर खोजेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषण : सांसद शाही
-
नक्कली नोट सहित एक जना पक्राउ
-
भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : ठाकुर गैरे
-
श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न एआईले सम्झाउने
-
बागलुङको अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपना
-
जनताको असन्तुष्टि सम्बोधन हुनेगरी सरकारको नीति तथा कार्यक्रम आएनः केसी