शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र संघद्वारा आन्दोलन फिर्ता

मङ्गलबार, १२ पुस २०७९, १६ : ४७
मङ्गलबार, १२ पुस २०७९

चलचित्र विकास बोर्डविरुद्ध चरमबद्ध आन्दोलनमा उत्रिएको चलचित्र संघले आन्दोलन फिर्ता गरेको छ । बोर्डले आफ्ना मागमा केही लचिलो भएको भन्दै आज बसेको संघको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।
‘बोर्डको निर्णय स्वागत गर्दै हामीले आन्दोलन फिर्ता लिएका छौ’ संघका उपाध्यक्ष गोपालकाजी कायस्थले भने, ‘हाम्रा बाँकी रहेका माग पनि बिस्तारै मिल्छ ।’

बोर्डले विदेशी चलचित्र सेन्सर गर्ने समय ७ दिनबाट घटाएर ४ दिनमा झारेको छ । रातिको ११ बजेपछि चलचित्र चलाउने भए बोर्डलाई जानकारी गराए मात्रै पुग्ने बोर्डले निर्णय गरेको छ । बोर्डका यी निर्णयपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । 

चलचित्र संघले गत साता राजधानीमा एक राष्ट्रिय भेला आयोजना गरेर बोर्डविरुद्ध विभिन्न कार्यक्रम घोषणा गरेको थियो । त्यस्तै बोर्डले सल्लाहकार संघका उपाध्यक्ष गोपालकाजी कायस्थलाई समेत नियुक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप