शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिरहाबाट  २९ लाख बराबरको भन्सार छलीको सामान बरामद

बिहीबार, १४ पुस २०७९, १२ : २६
बिहीबार, १४ पुस २०७९

सिरहाको विभिन्न ठाउँमा लुकाएर राखेको भन्सार छलिको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । बुधबार फरक ठाउँमा लुकाएर राखेको अवस्थामा  करिब २९ लाख २२ हजार ४ सय रूपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले रातोपाटीलाई बताए । 

बरामद सामानमा लत्ताकपडा र अगरबत्तीको धुलो छ । सुराकीको आधारमा सशस्त्र प्रहरी बल गण नम्बर–७ सिरहाबाट खटिएको टोलीले नवराजपुर गाउँपालिका स्थित संजय महतोको टहरामा लुकाएर राखेको अवस्थामा ९६ लाख भन्दा धेरैको सामान बरामद गरेको छ । सो गाउँपालिकाको झाँझडपट्टि स्थित विनोद यादवको घर नजिक लुकाएर राखेको ५ लाख बराबरको १ सय २० बोरा अगरबत्तिको धुलो बरामद गरिएको छ । 

झाँझडपट्टिबाट ब्र्रह्मदेव महतोको टहरोमा लुकाएर राखेको ५ लाख ५० हजार बराबरको अगरबत्तिको धुलो र जगतपुर स्थित शिवनारायण यादवको घरमा लुकाएर राखेको २ लाख ५० हजार बराबरको अगरबत्तीको धुलो बरामद गरिएको छ । बरामद सामग्री भन्सार कार्यालय तर्फ लाँदै गर्दा स्थानीयले ढुंगा प्रहार गरेर सशस्त्र प्रहरीको बा.१ ग २०५५ नम्बरको ट्रक फुटाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप