सिरहाबाट २९ लाख बराबरको भन्सार छलीको सामान बरामद
सिरहाको विभिन्न ठाउँमा लुकाएर राखेको भन्सार छलिको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । बुधबार फरक ठाउँमा लुकाएर राखेको अवस्थामा करिब २९ लाख २२ हजार ४ सय रूपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
बरामद सामानमा लत्ताकपडा र अगरबत्तीको धुलो छ । सुराकीको आधारमा सशस्त्र प्रहरी बल गण नम्बर–७ सिरहाबाट खटिएको टोलीले नवराजपुर गाउँपालिका स्थित संजय महतोको टहरामा लुकाएर राखेको अवस्थामा ९६ लाख भन्दा धेरैको सामान बरामद गरेको छ । सो गाउँपालिकाको झाँझडपट्टि स्थित विनोद यादवको घर नजिक लुकाएर राखेको ५ लाख बराबरको १ सय २० बोरा अगरबत्तिको धुलो बरामद गरिएको छ ।
झाँझडपट्टिबाट ब्र्रह्मदेव महतोको टहरोमा लुकाएर राखेको ५ लाख ५० हजार बराबरको अगरबत्तिको धुलो र जगतपुर स्थित शिवनारायण यादवको घरमा लुकाएर राखेको २ लाख ५० हजार बराबरको अगरबत्तीको धुलो बरामद गरिएको छ । बरामद सामग्री भन्सार कार्यालय तर्फ लाँदै गर्दा स्थानीयले ढुंगा प्रहार गरेर सशस्त्र प्रहरीको बा.१ ग २०५५ नम्बरको ट्रक फुटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण