संखुवासभाको मेन्छ्याम हाइड्रोबाट ४.७२ मेगावाट बिजुली उत्पादन सुरु
बिहीबार, १४ पुस २०७९, १८ : १६
संखुवासभाको मेन्छयायम हाइड्रोपावरले अन्तिम परीक्षण सम्पन्न गरेर उत्पादन सुरु गरेको छ । चैनपुर नगरपालिका २ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको यस आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो ।
मेन्छयायमबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सबस्टेसनमा जोडिने छ । १ अर्ब बढीको लागत लागेको आयोजना निर्माण सम्पन्न गर्न ६ वर्ष लाग्यो । आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ । आयोजनाको उद्योगपति विनोद चौधरीले उद्घाटन गरेका थिए ।
संखुवासभाको चैनपुर नगरपालिका–२ मा उक्त आयोजना निर्माण भएको छ । मेन्छ्यामबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित सब–स्टेसनमा जोडिने छ । सब–स्टेसनसम्म ट्रान्समिटर लाइन जोडिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
-
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण