रुपन्देहीको सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ८ सय बढीको स्वास्थ्य परीक्षण
रुपन्देहीको सियारी गाउँपालिकामा वृहत् स्वास्थ्य शिविर गरिएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिविरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।
सियारी गाउँवासीलाई स्वस्थ राख्ने उद्देश्यले गाउँपालिको वार्ड २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रस्तुति सेवा तथा बालरोग सेवा र आँखाको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।
रोगका विषयमा सचेतना फैलाउन तथा उपचार गराउन टाढा जान नसक्ने नागरिकलाई स्वास्थ्य शिविर प्रभावकारी बन्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारीवासी नागरिकलाई स्वास्थ्य राख्ने योजना अनुरूप स्वास्थ्य शिविर राखिएको बताए । शिविरमा आउन नसक्ने ज्येष्ठ नागरिक तथा अशक्त र असहाय नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा दिँदै आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त, फिफाको ‘ड्र’ योजना सफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण