लुम्बिनी प्रदेश : जनमत पार्टीका सांसदहरूले मातृ भाषामा शपथ लिने

लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित सांसदहरुले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेश सभा तर्फ निर्वाचित सबै सांसदहरु मध्य दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।
सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ-आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता, समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेशी (अबधी) र गिता गुरुङले गुरुङ भाषामा सपथ ग्रहण गर्ने तयारी गरेका छन्।
पार्टीका राष्ट्रिय सचिव भोपेन्द्रप्रसाद यादवले संविधान बमोजिम जनमत पार्टीका प्रदेश सभाका सांसदहरुलाई आ आफ्नै मातृ भाषामा शपथ गर्ने व्यवस्था मिलाई दिन प्रदेश सभा सचिवालयका सचिवलाई आग्रह गरेका बताए । लुम्बिनी प्रदेशमा पौष १७ गते दिउँसो १ बजे प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास
-
गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...
-
‘हस्ताक्षर मेरो हो, तर मैले त्यो सहकारी देखेकै छैन, त्यहाँ काम गर्नेलाई चिनेको छैन’
-
त्रिभुवन विमानस्थलबाट १० किलो गाँजा बरामद
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम