सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

तीजको कोसेली लिएर आइन् अन्जु

बुधबार, १६ भदौ २०७२, ०० : २२
बुधबार, १६ भदौ २०७२

समाचार सारांश

  • हरितालिका तीजको अवसरमा गायिका अन्जु श्रेष्ठले 'रातो सारी' बोलको गीत सार्वजनिक गरिन्।
  • अन्जु श्रेष्ठको स्वर र शब्द रहेको यो गीतमा राज सागरको संगीत रहेको छ।
  • प्रदीप श्रेष्ठको निर्देशनमा बनेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।
  • एनएस इन्टरटेन्टमेन्टले गीतको युट्युब मार्केटिङ र मिडिया योजनाको जिम्मा लिएको छ।

काठमाडौं–हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गीत संगीतको चहल पहल पनि निकै बढ्ने गर्दछ । यस्तैमा नव प्रवेशी गायिकाहरुले पनि आफ्नो स्वर परिक्षण गर्ने मौका पाउछन् । यही तीजको अवसरमा नव गायिका अन्जु श्रेष्ठले पनि आफ्नो सांगितिक कोसेली लिएर आएकी छिन् । रातो सारी बोलको गीत लिएर श्रोता समक्ष प्रस्तुत भएकी अन्जुले आफ्नो गीत मार्फत सांगीतिक रहर मेट्ने प्रयास गरेकी छिन् । भोइस अफ नेपालको प्रस्तुतीको रुपमा आएको यो तीज गीतमा अन्जुको नै शब्द र स्वर रहेको छ । यस् तीज गीत रातो सारीलाई राज सागरले संगीत दिएका छन । गीतको संगीत सम्योजन भने महाराज थापाले गरेका हुन भने मिक्सिङ शम्भु तन्डुकार्ले गरेका हुन् । गीतको म्युजिक भिडियो पनि तयार पारीएको छ । म्युजिक भिडियोको निर्देशन प्रदीप श्रेष्ठले गरेका छन भने ज्ञानेन्द्र शर्मा को छायान्कन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ । रातो सारी फरर पारी बोलको गीत मार्फत गायिका अन्जु श्रेष्ठले आफ्ना भावना लाई राम्ररी प्रस्तुत गरेकी छिन् । अन्जुको तीजको गीतको यू ट्युब मार्केटिङ तथा मिडिया प्लान भने एनएस इन्टरटेन्टमेन्टले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप