बाल हत्या बन्द गर्न भन्दै प्रहरीलाई फुल दिएर खुट्टा ढोगे विद्यार्थीहरुले (फोटोफिचर)
बिहीबार, १७ मङ्सिर २०७२, १३ : २४
जलेश्वर– महोत्तरीमा निजी विद्यालयका छात्र–छात्राहरुले बिहीवार मानव साङलो निमार्ण गर्दै प्रहरीलाई फुल दिई उनीहरुको खुट्टा ढोगेर बाल हत्या नगरिदिन निवेदन गरेका छन् ।
मधेशमा जारी आन्दोलनमा महोत्तरीलगायत मधेशका विभिन्न जिल्लाहरुमा स्कुले बालबालिकाहरुको टाउको र छातीमा प्रहरीले गोली हानी हत्या गरेकोमा त्यसो नगरिदिन बालबालिकाले प्रहरीलाई शान्त भइदिन आग्रह गरेका छन् ।
मधेशको माग अविलम्ब पुरा गरि विद्यार्थीलाई पढ्ने लेख्ने वातावरण निर्माण, बाल हत्या वन्द गर, विद्यालयलाई शान्ति क्षेत्र स्थापना गरलगायतका विभिन्न प्लेकार्र्डका साथ साङ्लो निर्माण गर्दै छात्रछात्राले महोत्तरीको जलेश्वर, एकडारा, पडौल, बनौटा, मटिहानी, औरही, रामगोपालपुर, गौशाला, सोनामाईलगायत अधिकांश विद्यालयका बालबालिकाहरु साङ्लोमा सहभागी भएका थिए ।
बिहान १० बजेदेखि सुरु भएको साङ्लो ११ बजेसम्म रहेको थियो भने केहि एकडारालगायतका स्थानमा विहान ८ बजेदेखि नै छात्रछात्राहरु साङ्लोमा बसेका थिए । साङ्लोमा सयौँ विद्यालयका हजारौ छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण