बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मुलुकलाई खण्डित गर्ने प्रयास भइरहेको छ : नेत्री कोइराला

बिहीबार, १७ मङ्सिर २०७२, १५ : ०३
बिहीबार, १७ मङ्सिर २०७२
डडेल्धुरा– नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले विभिन्न वहानामा मुलुकलाई खण्डित गर्ने प्रयास भइरहेको दाबी गरेका छन् । प्रेस युनियन डडेल्धुराले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुक टुक्य्राउने खेल भइरहेकाले राष्ट्रिय एकतामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । नेत्री कोइरालाले पाँच विकास क्षेत्रलाई नै प्रदेशका रुपमा स्थापित गर्दा कुनै प्रदेशलाई पनि मर्का नपर्ने र सबै भूभाग, जातजाति, हिमाल, पहाड र तराईको भूमिसमेत समान ढङ्गले वितरण हुने धारणा व्यक्त गरे । अर्को एक फरक प्रसङ्गमा उनले पार्टी अधिवेशनबाट पुराना पुस्ताले युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताए । यसैबीच, पार्टीको आसन्न तेह्रौँ महाधिवेशनको सिलसिलामा आयोजित कार्यकर्ता भेटघाटमा उनलाई उपस्थित कार्यकर्ताले वरिष्ठ नेता शेरबहादुर देउवासँगै सहकार्य गरेर जान सुझाव दिएका थिए । देउवासँग मिलेर जाँदा पार्टीले नयाँ आयाम लिने उनीहरुको भनाइमा नेत्री कोइरालाले भने केही प्रतिक्रया जनाइनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप