क्यान्सरले छोरा थलिएपछि बचाइदिन आग्रह गर्दै ७५ वर्षीय बुबा कृष्णे
बिहीबार, १७ मङ्सिर २०७२, १५ : ५८
दाङ–कमाईकजाई गर्ने छोरो क्यान्सर रोगले थला परेपछि ७५ बर्षका बुवा कृष्णे सुनारले जीवन बचाई दिन सबैलाई अपिल गरेका छन् ।
ज्याला मजदुरी गरेर कमाएको पैसाले ७ जनाको परिवार पाल्दै आएका तुलसीपुर–६ रजौरा निवासी ४६ बर्षका नारायण सुनार अहिले रोगका कारण ओछ्यानमा थला परेको छोरालाई बचाइदिन सबैलाई अनुरोध गरेका छन् ।
छ महिनादेखि तुलसीपुर, घोराही, नेपालगञ्ज हुँदै चितवनको क्यान्सर अस्पताल पुगेर रोग पत्ता लाग्दासम्म एक लाख रुपैयाँ सकिएको पिडित परिवारले जनाएको छ ।
त्यो पनि सडक छेउमा भएको ऐलानी जग्गामा बनाएको सानो झुप्रोसहितको जग्गा बेचेर उपचार गरिएको उनले बताए । आन्द्रामा क्यान्सर भएका विकको उपचारका लागि डेढलाख रुपैयाँ खर्च लाग्छ भनेपछि गत असोजमा चीतवन क्यान्सर अस्पतालबाट फर्काएर घरमा ल्याएको परिवारले बताएको छ । कमाइकजाई गर्ने एकमात्र छोरो ओछ्यानमा ढलेपछि आफुभन्दा अग्लो लठ्ठीको सहरामा जेनतेन हिँड्डुल गर्दै आएका बुबा यतिबेला बेसहरा जस्तै भएका छन् ।
ज्यालामजदुरी गरेर कमाइ गरेको पैसाले साँझ विहानको छाक त्यसैले टारेको थियो । अहिले त ऊ आफै विरामी भएर ढल्यो बाँचेकालाइ पनि हातमुख जोर्न धौ भइसक्यो बुबा कृष्णेले भने । आर्थिक अभावका कारण छोराको अकालमा ज्यान जान लागेको भन्दै उनले सबैसँग आर्थिक सयहयोग गरिदिन अनुरोध गरेका छन् । सहयोग गर्नका लागि मोबाइल नम्बर ९८०९७९९६००मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण