बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

क्यालिफोर्नियामा गोली काण्ड १४ को मृत्यु

बिहीबार, १७ मङ्सिर २०७२, १६ : २०
बिहीबार, १७ मङ्सिर २०७२
संयुक्त राज्य अमेरिका– दक्षिणी क्यालिफोर्नियाको सान बर्नार्डिनोस्थित सामाजिक सेवा केन्दमा बुधबार एक बन्दुकधारीले गरेको गोली प्रहारमा परी १४ व्यक्तिको मृत्यु भएको छ । सो गोली काण्डमा परी अन्य १७ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएको छ । सो घटनापछि भएको प्रहरी कारबाहीमा सो गोली काण्डमा संलग्न एक महिला र पुरुषलाई मृत्यु भएको जनाइएको छ । यो गोली काण्ड किन मच्चाइएको हो , सो कारण हालसम्म पत्ता लागिनसकेको प्रहरी जानकारी दिएको छ । सेवा केन्द्रका कर्मचारी विदा मनाइरहेको अवस्था सो घटना भएको छ । सन् २०१२ को १४ डिसेम्बरमा अमेरिकाको कनेक्टिकसमा रहेको एक विद्यालयमा भएको गोली काण्डमा २६ विद्यार्थिको मृत्यु भएपछिको यो नै ठूलो घटना भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप