बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रमुख कार्यकारी अधिकृत पन्तलाई मातृशोक

बिहीबार, १७ मङ्सिर २०७२, १६ : २७
बिहीबार, १७ मङ्सिर २०७२
काठमाडौँ– लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलाई मातृशोक परेको छ । उनको आमा रमादेवी पन्तको आज बिहान नौ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । पूर्व अर्थमन्त्री स्वर्गीय डा यादवप्रसाद पन्तकी धर्मपत्नी पन्तलाई मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उहाँका तीन छोरा र एक छोरी छन् । लगानी बोर्डले आज एक शोक वक्तव्य प्रकाशित गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप