बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बझाङमा लुटेराले कुटपिटपछि महिलाको गहना लुटे

बिहीबार, १७ मङ्सिर २०७२, १६ : ३३
बिहीबार, १७ मङ्सिर २०७२
बैतडी–नकाबधारी एक समूहले बझाङको लेकगाउँ र व्यासीको बीचमा पर्ने अनारखोली जङ्गलमा दुई महिलाका चार तोला सुनका गरगहना लुटेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बुधबार बेलुका दुईजनाको समूहले व्यासी–३ की ५१ वर्षीया कोशीदेवी जाग्री र व्यासी–३ कै २५ वर्षीया चन्द्रदेवी जाग्रीबाट कुटपिट गरी करिब चार तोला सुनका गरगहना लुटेका हुन् । उहाँहरुको नाक, कान र घाँटीमा लगाएका गहनाहरु लुटेका र उनीसँगै रहेकी एक अर्की २५ वर्षीया महिला विनुदेवी जाग्री भने भागेर बच्न सफल भएकी प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले बताए । उनले भने, “नकाबधारी समूहले अगाडिदेखि नै पिछा परी जङ्गलमा लुटेको हुन सक्छ ।” लुटिने महिलाहरु व्यासी–३ घरबाट लेकगाउँ–६ स्थित माइतीघर जान भनी हिँडेको बताइएको छ । कुटपिटपछि घाईते भएका दुइटै महिला स्थानीय अस्पतालमा उपचारपछि घर फर्किसकेका प्रहरी चौकी बिशौचौरले जनाएको छ । प्रहरी सहायक निरीक्षक मानबहादुर बोहरा नेतृत्वको एक टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल बझाङ सदरमुकामबाट पाँच घन्टाको पैदल दूरीमा पर्दछ । लुटेराको खोजी गर्न जिल्ला प्रहरी कार्यालय र मटेला प्रहरी चौकीबाट बिहीबार थप प्रहरी खटाइने प्रहरी प्रमुख अधिकारीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप