बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मधेसी नेतालाई पद्मरत्नको आग्रह, ‘कृपया आत्मसमर्पण नगर्दिनुस’

बिहीबार, १७ मङ्सिर २०७२, १६ : ५७
बिहीबार, १७ मङ्सिर २०७२
काठमाडौं–नागरीक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले मधेशमा आन्दोलनरत मोर्चाका नेताहरुलाई सरकारसँग आत्मसमर्पण नगर्न आग्रह गरेका छन् । बिहीबार राजधानीमा आयोजित नागरिक ऐक्यबद्धता सभामा बोल्दै तुलाधरले भने, ‘म मधेश आन्दोलनसँगै हुनेछु, अब सिंहदरबार कब्जा गर्ने पालो हाम्रो हो । जनजाती र मधेशीहरु अब प्रधानमन्त्री बन्नुपर्छ ।’ ‘दश बर्षको उमेरदेखि म सडकमा हिँडे । गणेशमान सिंह झण्डा फर्फराएर हिँड्दा हामी भद्रकालीमा बसेर ताली पिट्थ्यौं । जनताको मुक्तिका लागि म अहिले पनि सडकमा छु ।’ तुलाधरले भने, ‘नेपालका सबै जनतालाई समानुपातिक अधिकार दिनुपर्छ, कसैलाई हेलाँहोचो गर्न मिल्दैन । जनजाती आन्दोलन जारी छ हामीले समर्पण गरेका छैनौं ।’ विगतमा भएका पटक–पटकका आन्दोलनहरु सम्झौतामा टुंगिएकाले नेपाली जनताले धोका पाएको उल्लेख गर्दै तुलाधरले भने, ‘विगतका मधेश आन्दोलन पनि सम्झौतामा टुंगिएको थियो, त्यसको साक्षी म र दमननाथ ढुंगाना थियौं । त्यतीबेलाको सम्झौता लागु नभएपछि मधेसीहरु फेरी सडकमा आउन बाध्य भए ।’ अहिले सिंहदरबारमा बस्नेहरु आफुभन्दा देशभक्त नहुने दावी गर्दैै तुलाधरले भने, ‘पटक–पटक दिल्लीमा गएर लम्पसार हुनेहरु कसरी देशभक्त हुन्छन् ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप