मधेस आन्दोलनका कारण गाविस सचिवहरु फेरी सदरमुकाममा
बिहीबार, १७ मङ्सिर २०७२, १९ : ०९
भैरुहवा– गाउँमा गई काम गर्ने वातावरण नरहेको भन्दै रुपन्देहीका गाविस सचिवहरु सदरमुकाम भैरहवामै बसी काम गर्ने गरेका छन् । जिल्ला विकास समितिको छेउछाउमा कोठा भाडामा लिई गाविसको कार्यालय सञ्चालन भईरहेका छन् ।
रुपन्देहीका मधेश आन्दोलनले प्रभावित गाविसका सचिवहरु सदरमुकाममै बसी काम गर्न थालेका हुन । आन्दोलनको शुरुदेखि नै तालाबन्दी गरि बन्द रहेको गाविस कार्यालयहरु आन्दोलकारीले तालाबन्दी नखोल्दा सचिवहरु भैरहवामै बस्न बाध्य भएको उीनहरुकोे गुनासो छ ।
गाविस सचिवहरु सदरमुकाम केन्द्रित हुँदा स्थानीय सेवाग्राहीहरु सेवा लिन फेरी सदरमुकाममै पुग्ने बाध्यता भएको छ । मंसिर महिनामा जेष्ठ नागरिक, एकल महिला लगायतका सामाजिक सुरक्षाका लागि नविकरण तथा नया दर्ताको लागि आवेदन संकलन गर्ने हुँदा सबैभन्दा बढी सास्ती उनीहरुले नै पाएका छन । घरमा बसी आराम बस्ने गर्ने उमेरमा भैरहवा आई सचिवहरुलाई खोज्दै हिँड्नुपरेको मर्चवारबाट आएकी एक वृद्धले बिलौना गरिरहेकी थिईन । भैरहवा हाट बजारमा सचिव खोज्दै भौतारिरहेकी उनलाई कुन कार्यालय कता भन्ने बताइदिने समेत कोही थिएन ।
सवारी सञ्चालन नभएको अवस्थामा रुपन्देहीका विभिन्न ग्रामीण क्षेत्रबाट अहिले गाविस सचिव खोज्दै सदरमुकाम भैरहवा आउने सेवाग्राहीहरु सास्तीमा पर्ने गरेका छन । प्राय साईकल र पैदल समेत भैरहवा आईपुगेका यस्ता सेवाग्राहीहरुलाई उनीहरुकै गाउँ–ठाउँमा सेवा उपलब्ध गराउन स्थानीय प्रशासनले समेत कुनै पहल गरेको छैन ।
अहिले स्थानीय निकायहरुलाई भ्याई नभ्याई हुने महिनामा काम गर्न नपाएको गाविस सचिवहरुकै गुनासो समेत रहेको छ । प्रथम चौमासिक रकम खर्चदेेिी गाविसका बार्षिक योजना संकलन र परिषद समेतको तयारी गर्ने अवस्थामा गाविस जाने वातावरण नभएको गाविस सचिव हकहित संरक्षण केन्द्र रुपन्देहीका अध्यक्ष ओम बहादुर मल्लले गुनासो सुनाए । अधिकांश गाविसमा तालाबन्दी गरिएको र केहीमा स्थानीयहरुकै पहलमा ताला खोलिए पनि गाउँ जाने वातावरण नभएको मल्लको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण