अध्यक्ष ठाकुरमाथि आक्रमण गर्नेलाई कारबाही माग
बिहीबार, १७ मङ्सिर २०७२, १९ : २२
काठमाडौँ–नेपाल पिछडा वर्ग महासङ्घले आफ्ना केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरमाथि सङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।
विसं २०७० असार २ गते भएको महाधिवेशन र आधिकारिकतामा विवाद भएकामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले महाधिवेशनबाट निर्वाचित अध्यक्ष ठाकुरलाई आधिकारिक बनाई काम गर्ने अधिकार दिएकाले कार्यालयमा कार्यभार सम्हाल्न जाने क्रममा बुधबार विपक्षी भरत महतोले अध्यक्ष ठाकुरलाई फलामको रडले टाउकामा सङ्घातिक आक्रमण गर्दा घाइते भएको महासङ्घका उपाध्यक्ष उपेन्द्रप्रसाद चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घाइते ठाकुरको काठमाडौँस्थित नर्भिक अस्सपतालमा उपचार भइरहेको उपाध्यक्ष चौधरीको भनाइ छ । दोषी महोतो लगायत पाँच जनालाई कोटेश्वर प्रहरी प्रभागले हिरासतमा लिएको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण