६ वर्षपछि तीन वर्षीया बालिकाको बलात्कार गर्ने अभियुक्त पक्राउ
बिहीबार, १७ मङ्सिर २०७२, १९ : ३३
काठमाडौँ– छ वर्षअघि ललितपुरमा तीन वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जको टोलीले घटनामा संलग्न ललितपुर उपमहानगरपालिका–९ च्यासलका २२ वर्षीय सौगात व्यञ्जनकारलाई सार्वजनिक गरेको हो ।
अनुसन्धानबाट सो घटनामा संलग्नमध्ये सन्दीप व्यञ्जनकारको एक वर्ष पहिले नै मृत्यु भएको खुल्न आएको छ । पक्राउ गरिएका सौगातमाथि ललितपुर जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ । विसं २०६६ भदौ ८ गते भक्तपुर नगरपालिकाकी बालिकालाई बलात्कार गरी हत्या गरिएको अनुसन्धान ब्युरोको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण