बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भारतले नेपालको पारवहन अधिकार कुण्ठित गर्यो : अध्यक्ष वैद्य

बिहीबार, १७ मङ्सिर २०७२, १९ : ३७
बिहीबार, १७ मङ्सिर २०७२
बर्दिवास– नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले मुलुकको असहज परिस्थितिको सामना गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष वैद्यले तराई मधेसका जायज माग पूरा गर्न र भारतको नाकाबन्दीविरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्नेमा जोड दिए । मधेस आन्दोलनको निहुँमा भारतले नेपालको निर्वाध पारवहन अधिकार कुण्ठित गरेको उनको भनाइ थियो । अध्यक्ष वैद्यले प्रदेश सीमाङ्कन हेरफेर गर्न र समानुपातिक तथा समावेशी अधिकारको सुनिश्चतता गर्न सरकार र मुख्य दलहरुको पहलकदमी आवश्यक रहेको धारणा राखे । उनले अहिले सतहमा देखिएका समस्या वार्ताबाट समाधान हुन सक्ने भएकाले यसको समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप