बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भोलिदेखि चलचित्र ‘चकलेट’ प्रदर्शन, चलचित्र ‘चकलेट’ बाट उठेको सबै रकम अनाथ बालबालिकालाई सहयोग गर्ने

बिहीबार, १७ मङ्सिर २०७२, २० : ००
बिहीबार, १७ मङ्सिर २०७२
काठमाडौं– चलचित्र ‘चकलेट’ बाट उठेको सबै रकम अनाथ बालबालिकालाई सहयोग गर्ने नायिका पुजना प्रधानले बताइन् । ‘गैंडा’ नामले चिनिएका निर्मल शर्माले निर्देशन गरेको यो चलचित्र भोलि अर्थात मंसिर १९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । शर्माले निर्देशन गरेको यो चलचित्र पहिलो हो । चलचित्रमा नायिका पूजना प्रधान नै मुख्य भूमिकामा छन् । त्यस्तै, चलचित्रमा तेजस्वी प्रधानसहित नौ जना बालकलाकारले अभिनय गरेका छन् । अन्य कलाकारमा आयुष्मान घिमिरे, नम्रता झा, केशव भट्टराई आदि छन् । सडक बालिकाबाट युवती भएपछि पनि बालबालिकाहरूसँग सडकमै रमाइरहेकी पुजनालाई एक धनाढ्य व्यापारीले मन पराएपछि कथामा आउने मोडहरू नै चलचित्रको आकर्षक पक्ष रहेको छ । चलचित्र ‘चकलेट’ को ट्रेलर भिडियो https://www.youtube.com/watch?v=Ja38LlfLEts दरबारमार्ग क्षेत्रमा देखिने १० जना सडक बालबालिकाको वास्तविक कथामा आधारित भएकाले सोही क्षेत्रमा खर्च गरिने नायिका पुजना प्रधानले बताइन् । बालबालिकाको वास्तविक कथा बोकेको र यो साता एकल प्रदर्शन हुने भएकाले यो चलचित्र सफल हुने अनुमान गरिएको छ । हङकङ र युरोपका विभिन्न देशमा चलचित्र ‘चकलेट’को सफल प्रदर्शन भइसकेको छ । चकलेटको प्रतिस्पर्धामा कुनै पनि चलचित्र रहेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप