घरेलु हातहतियारसहित आएका मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगको गाडी जलाए
बिहीबार, १७ मङ्सिर २०७२, २० : ०९
काठमाडौँ–मधेसी मोर्चाका कार्यकर्ताले आज सर्लाहीको नवपुर नजिक राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड गरी जलाउनुका साथै गाडीमा रहेका आयोगका कर्मचारीलाई दुव्र्यवहार गरेका छन् ।
सर्लाहीमा आज एकै ठाउँमा मधेसी मोर्चा र चुरेभावरको कार्यक्रम भएकाले त्यसमा हुने सम्भावित मानवअधिकार हनन्का घटनाबारे अनुगमन गर्न गएको टोलीमाथि मोर्चाका कार्यकर्ताले कुटपिट गर्नुका साथै उनीहरु चढेको बा ७ च ७४७६ नंको गाडीसमेत तोडफोड गरी आगो लगाएर पुर्णरुपमा क्षति पु¥याएको टोली संयोजक नितु गर्तौलाले जानकारी दिए ।
घरेलु हातहतियारसहित आएका मोर्चाका कार्यकर्ताले “हामी मानवअधिकार सधिकार केही पनि जान्दैनौ” भन्दै गाडी तोडफोड र आगजनी गरेको र त्यसबाट आफनो क्यामरालगायत कागजपत्र जलेर नष्ट भएको साथै टोलीमा सहभागी इन्दिरा श्रेष्ठ, भीवा ढुङ्गानालगायतलाई चोट लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण