यस वर्षको एसएलसी चैत अन्तिम साता
शुक्रबार, १८ मङ्सिर २०७२, ०९ : ५८
भक्तपुर– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ ।
गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने तयारी गरेको हो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षहरुमा झैँ समयमै परीक्षा सञ्चालन गर्न सक्ने गरी तयारी गरे पनि भूकम्प र मधेस आन्दोलनका कारण केही दिन परीक्षा सर्न सक्ने बताए ।
उनले भने – “एसएलसी परीक्षाका लागि प्रश्नपत्र बनाउने, उत्तरपुस्तिका छाप्न दिने प्रक्रिया भएको छ, परीक्षा चैतको पहिलो सातामा सञ्चालन गर्न सक्ने भए पनि पढाइ प्रभावित भएकाले केही दिन सर्न सक्छ ।”
गत वैशाख १२ गतेको भूकम्पका कारण भूकम्प प्रभावित १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेसमा जारी आन्दोलनका कारण मधेसका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा पढाइ प्रभावित भएपछि यस वर्षको एसएलसी परीक्षासमेत प्रभावित हुने भएको हो ।
तराईका जिल्लाबाट मात्रै एक लाख विद्यार्थीले एसएलसी दिने तयारीमा रहेको छ । तराईका जिल्लामा चैतको अन्तिम साता र अन्य जिल्लामा केही दिनअघि गरी दुईचरणमा परीक्षा सञ्चालन गर्नेबारेमा समेत छलफल भइरहेको कार्यालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण