हराएका वृद्ध मृत फेला, मापसे गर्ने १९ पक्राउ
शुक्रबार, १८ मङ्सिर २०७२, १० : ०१
चितवन– चितवनको चित्रवन नगरपालिकाबाट हराएका एक वृद्ध १७ दिनपछि जङ्गलभित्र मृत फेला परेका छन् ।
गत कात्तिक ३० गते घरबाट हराएका स्थानीयवासी ८३ वर्षीय वृद्ध महावीर थापा गएराति जङ्गलमा मृत भेटिएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
उनका अनुसार खोजीका क्रममा चित्रवन– ११ स्थित स्थानीय मझुवा सामुदायिक वनभित्र फेला पारिएको हो । घटनाको प्रकृति हेर्दा बाघले खाएको जस्तो देखिने उनको कपडाबाट पहिचान भएको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले विभिन्न क्षेत्रबाट मापसे गरेर सवारी चलाउने १९ जनालाई नियन्त्रणमा लिएको छ । सवारीसहित उनीहरुलाई नियन्त्रणमा लिइएको र आवश्यक कारबाही तथा जरिवानापछि छाडिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण