बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भारतीय बजार वनवसामा नशालु पदार्थ खुवाई एक नेपाली युवक लुटिए

शुक्रबार, १८ मङ्सिर २०७२, १० : १०
शुक्रबार, १८ मङ्सिर २०७२
कञ्चनपुर– सीमावर्ती भारतीय बजार वनवसामा एक नेपाली युवकलाई नशालु पदार्थ खुवाएर गएराति लुटिएको छ । भारतको सिमालाबाट मजदुरी गरेर घर फर्कंदै गरेका सल्यानका १८ वर्षीय राजबहादुर बुढाथोकीलाई चियामा नशालु पदार्थ खुवाएर लुटेराले लुटेका हुन् । भारतको हरिद्वार बसपार्कमा भेटिएका दुई नेपाली भाषी युवकले बुढाथोकीलाई आफूहरुसमेत नेपाली भएको भन्दै चिया खान लगाएका थिए । चियामा नसालु पदार्थ मिसाई खुवाएपछि बेहोस भएका बुढाथोकीसँग रहेको रु ७२ हजार, दुई सेट मोबाइल र लत्ताकपडालगायतका सामान लुटेराले लुटेर लगेको सहारा समूह नेपालका राजबहादुर चौधरीले बताए । अचेत अवस्थामा भीमदत्तनगरपालिकाको जिमुवामा भेटिएका युवकलाई स्थानीयवासी रमेश दमार्इंले गड्डा चौकीमा रहेको ‘सहारा समूह’ नेपालको सम्पर्कमा पु¥याएका थिए । सहारा समूहले पीडित युवालाई रु १५० खाजा खर्च र रु ९०० बस भाडा उपलब्ध गराई आज घरतर्फ पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप