बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रु अढाई अर्बको लागतमा चिनी मिल

शुक्रबार, १८ मङ्सिर २०७२, ०८ : ५४
शुक्रबार, १८ मङ्सिर २०७२
भीमदत्तनगर– कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिकामा रु दुई अर्ब ५० करोडको लागतमा चिनी मिल सञ्चालनमा ल्याएका छन् । जिल्लाको पुनर्वास नगरपालिका–१३ मोतीबस्तीमा स्थापना भएको भागेश्वर सुगर मिलले बिहीबारदेखि काम सुरु गरेको छ । सञ्चालक बोगटीका बुबा लालबहादुर बोगटीले मिलले काम थालेको जानकारी दिए । “मिलले उखु पेल्न सुरु गरेको छ” उनले भने । एक दिनमा २० हजार क्विन्टल चिनी उत्पादनको क्षमता रहेको मिलमा ७०० मजदुरले रोजगारी पाउने बोगटीको भनाइ छ । जिल्लाकै उखु उत्पादनको केन्द्र मानिएको जिल्लाको दक्षिणी क्षेत्रमा केही वर्षअघि पनि महाकाली सुगर मिल स्थापना भएको थियो । मिल सञ्चालनमा आएसँगैं सो क्षेत्रका उखु किसान खुसी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप