अत्तरियामा एकको शङ्कास्पद मृत्यु
बिहीबार, २४ मङ्सिर २०७२, १४ : २९
धनगढी– कैलालीको अत्तरिया नगरपालिका–१० घुरसुवा गाउँमा गएराति एक व्यक्तिको शङ्कास्पद मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले घुरसुवा गाउँको ठेकराज माध्यमिक विद्यालय नजिकको सडकमा घाइते अवस्थामा फेला परेका ३४ वर्षीय बमबहादुर मल्लको उपचारका लागि अस्पताल ल्याउने क्रममा मध्यराति नै मृत्यु भएको जनाएको छ ।
मल्ललाई घाइते अवस्थामा फेला पारिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । सवारी साधनको ठक्कर वा कुटपिटबाट मल्लको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।
मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
कसरी बदलियो ५० वर्षमा शीर्ष फुटबल खेलाडीहरूको शरीर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण