बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नाकाबन्दी मानवीय हितविपरीत : नेता खड्का

बिहीबार, २४ मङ्सिर २०७२, १७ : २३
बिहीबार, २४ मङ्सिर २०७२
इलाम– नेपाली काँग्रेसका नेता पूर्णबहादुर खडकाले भारतले गरेको अघोषित नाकाबन्दी मानवीय हितविपरीत भएकाले तत्काल नाकाबन्दी खोल्न आग्रह गरेका छन् । सञ्चारकर्मीसँग आज इलाममा सङ्क्षिप्त कुराकानी गर्दै उनले भारतीय नाकाबन्दीले आम नेपाली जनताले दुःख र सास्ती खेप्नुपरेकाले मधेसी मोर्चाको माग नाकामा अवरोध गरेर होइन् वार्ता र छलफलको माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए । आफ्नो पार्टीले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई छिट्टै पास गरेर मोर्चाको माग सम्बोधन गरी मुलुकलाई निकास दिनुपर्नेमा उनको भनाइ थियो । फरक प्रसङ्गमा उनले पार्टीको आसन्न १३ औँ महाधिवेशनबाट स्वच्छ नेतृत्व चयन गर्न आफू जिल्ला भ्रमणमा निस्किएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप