एक सातापछि इन्धन र मालवाहक गाडी भित्रियो
बिहीबार, २४ मङ्सिर २०७२, १७ : ५९
नेपालगन्ज– करिब एक सातादेखि अवरुद्ध रहेको बाँके जिल्लाको सीमानाका जमुनाहा आजदेखि पूर्णरुपमा खुलेको छ ।
भारतीय सुरक्षा बल एसएसबीले नाकामा आफ्नो नियन्त्रण हटाएपछि ठूलो परिमाणमा आज इन्धन र मालबाहक गाडी नेपाल प्रवेश भएका छन् ।
जमुनाहास्थित नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३४ वटा इन्धनका ट्याङ्कर र १५५ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकका अनुसार आज सो नाकाबाट १९ ट्याङ्कर डिजेल, पाँच ट्याङ्कर पेट्रोल, हवाई इन्धन तीन ट्याङ्कर र सात बुलेट खाना पकाउने एलपी ग्यास भित्रिएको हो ।
मालबाहक गाडी प्रवेशमा रोक लगाएको भारतीय सुरक्षा बल एसएसबीले दुई दिन अघिसम्म नाका केही खुकुलो पारेको भएपनि नियन्त्रण भने कायमै राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण