बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अन्तत: सलमानले पाए सफाई

बिहीबार, २४ मङ्सिर २०७२, १८ : ०४
बिहीबार, २४ मङ्सिर २०७२
मुम्बई– भारतका सुपरस्टार नायक सलमान खानलाई मुम्बईको अदालतले सफाई दिएको छ । उनीमाथि हत्याको आरोप थियो । आजभन्दा १३ वर्षअघि उनले घरबारबिहीन बालकलाई गाडीले ठक्कर दिएर मारेको र भागेको आरोप लागेको थियो । अदालतलमा उनीविरुद्धमा रहेको मुद्दामा बिहीबार भएको फैसलामा उनलाई सफाई दिइएको हो । सो मुद्दामा उनलाई सफाई दिइएको छ । उनले सो मुद्दाका विरुद्धमा अपिल गरेका थिए । उनको दाबी बमोजिम नै अदालतले पनि सो मुद्दामा कुनै प्रमाण नरहेको भनी फैसला सुनाएको हो । मुम्बई उच्च अदालतका न्यायाधीश अनिल रामचन्द्र जोशीले बिहीबार उनीबिरुद्धको यसअघिको आरोपमा सत्यता नरहेको फैसला सुनाएका बताइएको छ । गत मे महिनामा भएको सुनुवाईका क्रममा यसअघिको अदालतले खानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । त्यस फैसलाका विरुद्धमा उनले मुम्बई उच्च अदालतलमा अपिल गरेका थिए । बिहीबार उक्त अदालतले उनको अपिलको पक्षमा फैसला गरेको हो । सन् २००२ मा उनी रातिको समयमा घर फर्किने बेलामा रक्सीले मातेका र आफैले चलाएको गाडीले लागेर सडक पेटीमा बसेका घरबारबिहीन बालकको ज्यान गएको बताइएको थियो । तर उनले आफूविरुद्धको यो आरोपको खण्डन गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप