बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

त्रिपुरेश्वरस्थित पेट्रोल पम्पमा जवरजस्ती तेल हाल्नेलाई प्रहरीले रोकेपछि प्रहरीलाई नै हेल्मेट प्रहार

बिहीबार, २४ मङ्सिर २०७२, १९ : ५२
बिहीबार, २४ मङ्सिर २०७२
काठमाडौँ–पेट्रोल पम्पमा ड्युटीमा खटिएका प्रहरीलाई हेल्मेटले प्रहार गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरका अरुण वैद्यसहित अन्य तीनजना रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पेट्रोल पम्ममा तेल वितरण गर्ने क्रममा यही मङ्सिर २२ गतेको कुपन देखाई जवरजस्ती तेल हाल्न खोजेपछि त्यहाँ रहेको प्रहरी टोलीले रोकेको थियो । सम्झाई बुझाइ गर्न खोज्दा वैद्यसहितका व्यक्तिले प्रहरीमाथि हेल्मेटले आक्रमण गरेका थिए । हेल्मेट प्रहारबाट डियुटीमा रहेका दुई प्रहरी जवान घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप