ट्र्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु
शुक्रबार, २५ मङ्सिर २०७२, ११ : ३९
सिरहा–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ६ मा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार स१त १८४५ नंको ट्र्याक्टरको ठक्करबाट स्थानीय २५ वर्षीय कुसे साहको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते साहको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने ट्र्याक्टर गोलबजारबाट नियन्त्रणमा लिएको छ भने चालक फरार भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण