राजनीतिक दलले बाँडीचुँडी गरेर विद्यालयको भौतिक संरचना विस्तार
शुक्रबार, २५ मङ्सिर २०७२, ११ : ५१
जाजरकोट–विद्यालय भौतिक संरचना निर्माण कार्यक्रम राजनीतिक भागबन्डा गरेर यहाँ योजना छनोट गरिएको छ ।
विद्यालय अनुगमन गरी विद्यालय जीर्ण भई आवश्यक परेको ठाउँमा भौतिक संरचना उपलब्ध गराउनुपर्नेमा सदरमुकाममा राजनीतिक दलका नेताहरुले आ–आफ्नो राजनीतिक स्वार्थअनुसारको भौतिक संरचनाका लागि योजना छनोट गरिएको हो ।
चालु आवमा रु १३ करोडका २६२ संरचना राजनीतिक भागबन्डामा वितरण भएका छन् । तर लामो समयदेखि भवन अभावमा पठनपाठनको समस्या भएका विद्यालयले पाउन नसकेको भन्दै अन्य सरोकारवाला आक्रोषित भएका छन् ।
नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) लगायत अन्य साना दलको दबाबमा उक्त संरचना कार्यालयले वितरण गरेको छ ।
बर्सेनि यसरी राजनीतिक दबाबमा आ–आफ्नो स्वार्थअनुसार काम हुँदा समस्या भएको ठाउँ, पहुँच नभएको ठाउँमा विद्यालय निर्माण नहुने र पहुँच हुने ठाउँमा बर्सेनि भौतिक संरचना बन्ने गरेको पत्रकार रामकुमार शाही बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण