नेपाल–भारत सम्बन्ध नयाँ ढगबाट अघि बढाउनुपर्छ : उपाध्यक्ष गौतम
शनिबार, २६ मङ्सिर २०७२, २० : ११
काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले नेपाल–भारत सम्बन्ध नयाँ ढङ्गबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
नेकपा (एमाले) बाँके–काठमाडौं सम्पर्क मञ्च सातौं सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री गौतमले भारतले असल छिमेकीको व्यवहार देखाउन नसकेको बताए ।
भारतले घोषित नभने पनि नाकाबन्दी नै भएको कुरा कसैबाट नलुकेको दाबी गर्दै उनले मधेशवादी दलका नेतालाई दशगजा क्षेत्रमा संरक्षण गरेकाले भारतकै इसारामा नाकाबन्दी भएको जिकिर गरे ।
सो अवसरमा एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य यामलाल कँडेल, बाँकेका सांसदत्रय देवराज भार, दलबहादुर सुनार र दिनेशचन्द्र यादव तथा एमाले बाँकेका सचिव रत्न खत्रीलगायतले सम्मेलनको सफलताको कामना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण