बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

झापामा औलोको प्रभाव घट्दै

मङ्गलबार, २९ मङ्सिर २०७२, १० : ४७
मङ्गलबार, २९ मङ्सिर २०७२
झापा–झापामा औलो रोगको प्रभाव न्यूनीकरण हुँदै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आव ०७०/७१ मा ८८ जना औलोका रोगी फेला परेका थिए । तर आव ०७१/७२ मा यो सङ्ख्या घटेर ५८ मा झरेको छ । चालु आव ०७२/७३ को पहिलो चौमासिकमा दुईजना मात्र रोगी भेटिएको हुँदा जिल्लामा औलो नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरेले बताए । कार्यालयले औलो नियन्त्रणका लागि रोगीलाई नियमित औषधि खुवाउने, रगत जाँच गर्ने, लामखुट्टे मार्न विषादी छर्किने र गाउँ गाउँमा झुल वितरण गर्ने अभियान जारी राखेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप