बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

उच्चस्तरीय ढङ्गबाट समस्या समाधानको पहल : एमाले सचिव भट्टराई

मङ्गलबार, २९ मङ्सिर २०७२, ११ : ०४
मङ्गलबार, २९ मङ्सिर २०७२
पोखरा– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालमा जारी समस्या समाधानका लागि एमाले नेतृत्वको सरकार उच्चस्तरीय ढङ्गबाट लागिपरेको बताएका छन् । प्रेस चौतारी नेपाल, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले समस्या समाधानका लागि जारी प्रयत्न सकारात्मक रूपमा बढेको छ भने । “मधेसमा संविधानका सम्बन्धमा भ्रम छरिएको छ” – उनले भने – “मधेसी सर्वसाधारणको सोझोपनलाई त्यहाँ लामो समयदेखि सत्ताको हालीमुहाली गरेका ठालुहरूले आफ्नो सत्ताको पुनःस्थापनाका लागि मधेस विद्रोहमा उपयोग गरेका छन् । त्यहाँ ठालु र सर्वसाधारणलाई छुट्याउनु आवश्यक छ ।” समस्याको समाधान गर्ने सम्बन्धमा सरकारले संविधान संशोधनको विधेयक अघि बढाउन लागेको उल्लेख गर्दै उनले देशको आन्तरिक समस्या समाधान गर्न नेपालीहरू आफैँ सक्षम भएको बताए । सीमाङ्कन अहिले नै हेरफेर नहुने भन्दै उनले यस विषयलाई निष्कर्षमा पु¥याउन संवैधानिक रूपमा नै व्यवस्था गरिएको सङ्घीय आयोगमा जानुपर्ने वा राजनीतिक तहबाट समाधानका लागि संसदीय वा राजनीतिक समिति बनाउने कुरामा आन्दोलनरत दल सहमत हुनुपर्ने बताए । नेपाली काँग्रेसले संसद्मा गरेको अवरोध असान्दर्भिक भएको बताउँदै सचिव भट्टराईले मधेसी मोर्चा पनि पुनःनिर्माण प्राधिकरण विधेयक पास गर्न सहमत भएका अवस्थामा संसद् खुलाउन सहयोग गर्नुपर्नेमा जोड दिए । उत्तरतर्फका नाका खोल्न प्रयत्न भइरहेको भन्दै उनले चीनसँग पेट्रोलियम पदार्थको व्यापार गर्ने सम्झौता हालसम्म नभएको र त्यो सम्झौता अर्को हप्तामा हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप