बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नयाँ दिल्लीको प्रशासनिक मुख्यालयमा सिबीआईको छापा प्रधानमन्त्री मोदीले राजनीतिक प्रतिशोध राखेको केजरीवालको आरोप

मङ्गलबार, २९ मङ्सिर २०७२, १४ : ४४
मङ्गलबार, २९ मङ्सिर २०७२
नयाँ दिल्ली–नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको प्रशासन मुख्यालयमा फेडेरर इन्भेस्टिगेटरले मङ्गलबार छापा मारेको बताएका छन् । मुख्यमन्त्री केजरीवालले आफ्नो कार्यालय तथा दिल्लीको प्रशासनमाथि छापा मारिनुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक प्रतिशोध लिनका लागी गरिएको काम भनी टिप्पणी गरेका छन् । केजरीवालले यसलाई भारतीय प्रधानमन्त्रीको ‘मनोरोगग्रस्त’ राजनीतिक प्रतिशोधको उपजका रुपमा आएको प्रतिक्रिया भएको जिकिर गरेका छन् । छापाबारे बिस्तृतमा ब्याख्या नगरिकनै सिविआईले उसका अनुसन्धान अधिकारीले दिल्ली सचिवालय अन्तर्गत केही कार्यालयहरू अनुसन्धानका लागी नियन्त्रणमा लिइएको बताएको छ । हामीले मुख्यमन्त्रीको कार्यालयका एक कर्मचारीमाथि अनुसन्धान अघि बढाएका छौं, सिविआई प्रवक्ता आर.के. गौरले भने । अनुसन्धान समुहले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको नभै छानविनका लागि केही क्षेत्रमा प्रवेशमा कडाइ गरेको जानकारी गराएको छ । तर केजरीवालले केन्द्र सरकारप्रति उत्तरदायी सिविआईको दाबी झुटो भएको बताएका छन् । उनले आफ्नै कार्यालयमा केन्द्र सरकारको मातहतमा रहेको सिबिआइले गरेको खानतलासी अर्थपूर्ण रहेको जनाउएका छन् । “सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन (सिबिआई) ले मेरो आफ्नै अफिसमा छापा मारेको छ,” भारतीय भ्रष्ट्राचारविरोधी आम आदमी पार्टी (आप) का नेता केजरीवाले ट्वीट गरेका छन् । प्रधानमन्त्री मोदीले भनुन् उनले कुन फाइल चाहेका हुन् रु यदि सिविआईसँग राजेन्द्रले विरुद्धको गरेको अनियमितता सम्वन्धी कुनै सबुद प्रमाण छ भने किन सिविआइले त्यो मलाई जानकारी गराउदैन ?– मुख्यमन्त्री केजरीवालले भने । “मोदीले आप पार्टीसँग राजनैतिकरुपमा प्रतिवाद गर्न नसकेपछि यो कायरता देखाएका छन्,” नेता केजरीवालले भनेका छन् । तर सिविआईले भने यसबारे तत्कालै कुनै प्रतिक्रिया जनाइसकेको छैन । भारतीय टेलिभिजनले भने सिविआई स्रोतलाई उद्धृत गर्दै छापा केजरीवालका प्रमुख सचिव राजेद्रकुमार विरुद्ध भएको भनेका छन् । केजरीवाल र भारतीय प्रधानमन्त्रीलाई कटू प्रतिद्वन्द्वीका रुपमा चिनिदै आइएको छ । उनीहरूबीच गत बर्ष भएको आम चुनाबमा वाराणासीको निर्बाचन क्षेत्रमा प्रतिस्पर्धा भएको थियो । केजरीवाललाई प्रधानमन्त्री मोदीले भारी मत अन्तरले पराजित गरेका थिए । पछि राज्यसभा निर्वाचनमा भने मोदीको भारतीय जनता पार्टीलाई आपले अकल्पनीय बहुमतद्वारा पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप