बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नवलपरासीका ९० प्रतिशत युवा जनशक्ति वैदेशिक रोजगारमा

बुधबार, ०१ पुस २०७२, १० : १८
बुधबार, ०१ पुस २०७२
परासी–नवलपरासीको पहाडी क्षेत्रका अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क यहाँ सार्वजनिक भएको छ । पहाडी–१७ गाविसका ९० प्रतिशत युवायुवती वैदेशिक रोजगारमा गएको र वैदेशिक रोजगारमा जानेमा युवतीभन्दा युवाको सङ्ख्या निकै बढी रहेको आप्रवासन कामदारको क्षेत्रमा काम गर्ने संस्था इन्द्रेणी विकास मञ्च र हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ (सामी परियोजना)ले सो तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्कअनुसार विशेषगरी पहाडी नरम गाविसमा रहेको ४५० घरधुरीमध्ये १२० भन्दा घरका युवायुवती रोजगारीका लागि विदेश गएका छन् । परियोजनाले पछिल्लो समय एक हजार ८८५ जनालाई परामर्श दिएको, पासपोर्टमा फसेका र विदेशमा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप