बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रत्ननगरमा ट्याक्टर र बस ठोक्किँदा ६ जना घाइते

बुधबार, ०१ पुस २०७२, १० : २३
बुधबार, ०१ पुस २०७२
चितवन–चितवनको रत्ननगरमा आज बिहान बस र ट्याक्टर एकआपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् । नारायणगढबाट वीरगन्ज जाँदै गरेको ना५ख १०१० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना५त ४३२२ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाँदा उनीहरु घाइते भएका हुन् । आज बिहान करिब पौने ६ बजे भएको दुर्घटनामा बसमा सवार पाँच र ट्याक्टर चालक गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुको अहिले भरतपुरमा उपचार भइरहेको छ । घाइतेको परिचय खुलेको छैन । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप