बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

बुधबार, ०१ पुस २०७२, १० : ३०
बुधबार, ०१ पुस २०७२
दमक–झापाको दमकमा सडक दुर्घटनाबाट गएराति एकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–१५ स्थित सडकखण्डमा भएको सडक दुर्घटनामा ताप्लेजुङ चाँगे घर भई हाल मोरङको उर्लाबारी बस्दै आएका २७ वर्षीय जोगेन्द्र लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । लिम्बूले चलाएको को.२२प ४७९ नम्बरको मोटरसाइकल र ना.५ख४१६० नम्बरको यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाबाट घाइते भएका लिम्बूको स्थानीय लाइफलाइन अस्पतालमा लैजना साथ मृत्यु भएको प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताए । प्रहरीले दुर्घटनामा संलग्न बस तथा चालकलाई नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप